आधुनिक नेपाल निर्माणमा पुथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण: देउवा

काठमाडाैं | पुस २७, २०७९

आधुनिक नेपाल निर्माणमा पुथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण: देउवा

काठमाडौं:  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन राजा पुथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो छ ।


बुधबार पुथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्नुहुँदै सभापति देउवाले सो कुरा बताउनुभएको हो ।


शाहले अवलम्वन गर्नुभएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक  रहेको सभापतिको भनाइ छ ।


वक्तव्यमा भनिएको छ, ‘‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका शाहले अवलम्वन गर्नु भएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।’’


सभापति देउवाले राष्ट्रिय एकता दिवसले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्नुहुँदै सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभयो ।

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्